नेपाल बिमक संघको कार्यकारी निर्देशकमा द्रोण प्रसाद आचार्य नियुक्त भएका छन्।
आचार्य कृषि विकास बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निवृत्त भएका हुन्। कृषि विज्ञानमा स्नातक तथा ग्रामीण विकासमा स्नातकोत्तर गरेका आचार्यले बैंकिङ्ग, कृषि र लघु उद्यम विकासमा लामो अनुभव हासिल गरेका छन्।
नेपाल माइक्रो फाईनान्स बैंकिङ्ग एसोसिएसन र नेपाल बिमक संघको सहकार्यमा देशमा लघु बीमाको विकास र विस्तारमा उनले योगदान पुर्याउने आशा गरिएको छ।