एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउँदा मनि ट्रान्सफर होइन आइएमइ गर्ने भन्ने थेगो नै स्थापित भएको छ, अर्थात् पैसा पठाउने र पाउनेको पर्याय आइएमइ बेनेको थियो। तर अब यसको विशेषता यत्तीमा सिमित रहेन अब डिजिटल वालेट पनि आइएमइको अर्को विशेषता भएको छ।
नेपाल राष्ट्र बैंककले डिजिटल वालेट संचालनको अनुमति दिएसँगै अब आएमइ पे मार्फत उक्त सेवा संचालनमा आउने आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए।
राष्ट्रबैंकले आइएमइ डिजिटललाई भुक्तानी तथा फछ्र्यौट विनियमावली अनुसार डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायकको अनुमति दिएँगै सबै खालका भुक्तानी गर्न पाउने पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
आइएमइ पे को वेब तथा एपमा गई उपभोक्ताले वालेट खोलेर यो सेवा लिनसक्ने छन्। यो सेवा अन्तर्गत देशभित्रबाट आइएमइबाट आएको रकम सिधै वालेटमा जम्मा गर्न पनि सकिन्छ। सँगै कुनै पनि एउटाले वालेटमार्फत अर्कालाई पठाएको रकम आइएमइएजेन्टकोमा गएर नोट पनि निकाल्न सकिने पोखरेलले जानकारी दिए।
हाल देशभित्रको फन्ड ट्रान्सफरको व्यवस्था भएको यो सेवाबाट सेवाग्राहीले विभिन्न सेवा प्राप्त गरेबापत आइएमइ पे मार्फत भुक्तानी गर्नसक्नेछन्। यसको लागि सहकार्यको लागि मर्चेट हायर गर्ने प्रक्रिया अगाडि बढाइएको प्रमुख कार्यकारी पोखरेलले जानकारी दिए।