गैरबैंकिङ च्यानलबाट प्रवाह भइरहेको रेमिट्यान्सलाई बैंकिङ च्यानलमा ल्याउनुपर्नेमा सरोकारवालाहरुले जाेड दिएका छन्। ‘भारत नेपाल रेमिट्यान्सका अवसरहरु’ विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले गैरबंैकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बंैकिङ च्यानलमा ल्याउने कार्यमा सरोकारवाला सबै लाग्नुपर्नेेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले रेमिट्यान्स कम्पनीहरुको सक्रिय प्रयासपछि डेड दशक अगाडिको तुलनामा अहिले सुधार आएको बताए।
जनचेतनाको अभावले गर्दा भारतमा रहेका नेपालीहरुले अझै पनि अनौपचारिक माध्यम मार्फत पैसा पठाउने गरेको बताए। भारतका बिभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुसंग मिलेर ग्लोबल आइएमई बैंकले रेमिट्यान्स नेपाल पठाईरहेको जानकारी गराउदैे बैकिंङ् च्यानलमार्फत भारतबाट नेपालमा पैसा पठाउन औपचारिक माध्यमको प्रयोगलाई सम्बद्ध सबैले प्रबद्र्धन गर्नुपर्ने आवस्यकतालाई ढकालले औँल्याए।
उक्त कार्यक्रमलाई भारतका लागि नेपालका राजदुत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका पूर्वराजदूतहरु रञ्जित रे तथा के. भी. राजनले भारत नेपाल रेमिट्यान्समा बैकिंङ च्यानलको महत्व माथि प्रकाश पारेका थिए।