जापानवाट नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ ।
आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टंक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको आइएईले जानकारी दिउको छ।
विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताउदै पैसा पठाउने बिश्वाशिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएकोमा आइएमईका प्रमुख कार्यकारी पोखरेलले सबैप्रति आभार व्यक्त गरे।
टोकियो पछि नेपाली विद्यार्थीहरु फुकुओकामा रहेकोले सबैलाई सहज होस् भन्ने उदेश्यले पÞmुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख राम कृष्ण श्रेष्ठले बताए ।
१५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार एक सय सयभन्दाबढी सव–एजेन्ट रेमिट्यान्स सेवा दिइरहेको छ।