बैंकमा खाता खोल्न जाँदा लाइन लाग्नुपर्ने, पैसा जम्मा गर्न जाँदा त झनै लामो जाममा परिने समस्या भोग्दै आएका सेवाग्राहीले अब नयाँ अनुभव गर्न पाउने भएका छन्। एसबिआई बैंक नेपालले यस्तै सुुविधा ल्याएको छ। नेपालमै पहिलो पटक ‘एसबीआई इनटच काउन्टर’ सुरु भएसँगै अब सेवाग्राहीले नयाँ अनुभव गर्न पाउने भएका हुन्।
काठमाडौंको दरबारमार्गस्थित संचालनमा आएको यो काउन्टरबाट ग्राहकहरुले सबै सुविधा मेशिनमार्फत नै पाउनेछन्। बैंकले दिएको जानकारी अनुसार मेशिनको बारेमा जानकारी दिन केही सहयोगी भने त्यहाँ हुनेछन्। खाता खोल्न, एटीएम कार्ड, डेबिट कार्ड, चेक तथा क्यास जम्मा पनि त्यही मेशिनमार्फत गर्नेछन्।
खाता खोल्दा आवस्यक हुने सबै फोटो पनि उक्त मेशिनले नै खिच्ने काउन्टरमा आवस्यक कागजको कपी पनि मेशिनले ने गर्नेछ।