एनएमबी बैंकको अन्तर्राष्ट्रिय भिसा डलर कार्ड होल्डरले थाइल्यान्डको बैंककमा रहेको समितिभेज अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सेवा सहित अस्पतालको सम्पूर्ण शुल्कमा पाँच प्रतिशत छुट पाउने भएका छन् ।
बैंकले समितिभेज अस्पतालका नेपाल स्थित प्रतिनिधि स्पिडवे फ्रेईट सर्भिसेज प्रा.लि. सँग छुट तथा परार्मश सेवाको सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंकका डलर कार्ड होल्डरलाई स्पिडवेले यात्रा, डाक्टरसँगको चेकअप तथा बस्ने व्यवस्था पनि मिलाउने छ।