कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा सुरेन्द्र भण्डारीले पदभार सम्हालेका छन्। गएको जेठमै सञ्चालक समितिले आगामी चार वर्षका लागि उनलाई बैंकको सिइओमा नियुक्त गरेको थियो ।
नेपाली बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा लामो समयदेखि कार्यरत भण्डारीलाई कुमारी बैंकले आफ्नो स्थापनाकालमा पनि सिइओको जिम्मेवारी दिएको थियो ।