मुक्तीनाथ विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ मा ४९ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले नाफा बृद्धि गरेको बैंकको १६ अर्व ७७ करोड निक्षेप र १५ अर्व ३१ करोड लगानी रहेको छ।
गत वर्षको चौथो त्राइमासिक प्रतिवेदन साार्वजनिक गर्दै प्रति शेयर वार्षिक आम्दानी ३२.११ प्रतिशत, प्रति शेयर कुल सम्पत्तीको मूल्य १,२७८.२९, मूल्य आम्दानी अनुपात ३०.२४, (वार्षिक) तरलता अनुपात २२.६७ प्रतिशत, प्रति सेयर नेटवर्थ रु.१४९.८० र पूँजीकोष अनुपात १४.९६ प्रतिशत पु¥याएको जानकारी दिएको छ,। त्यस्तै बैंकको खराब कर्जा ०.०२ प्रतिशतमात्र रहेको छ।