बुधबार बैंकिङ र जलविद्युत समूह ओरालो लागे पनि बिमा समूहको टेवाले समग्र नेप्से परिसूचक उकालो लागेको छ। बैंकिङ र जलविद्युत समूह घट्दा पनि बिमा समूह ३०९ अंकले उक्लिएपछि समग्र परिसूचक ८ अंकले हरियो रह्यो।
सो अंकको वृद्धिपछि नेप्से १६४५ अंकमा कायम भएको छ। बैंकिङ ५ र जलविद्युत १. ९९ अंकले घटे। बिमाका अलवा उत्पादन समूह ३५, होटल २५, विकास बैंक १४ र फाइनान्स समूह ४ अंकमा उकालो लागे। अन्य समूह १ अंकमुनि हरियो रह्यो।
१५६ कम्पनीहरुको १ अर्ब २९ करोडको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई, भार्गव, महाकाली, काबेली, मुक्तिनाथ र संग्रिला विकास बैंकका थप सेयर बजारमा सूचीकृत भएका छन्।
कारोबारका आधारमा प्रभु इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ५६ लाखको कारोबार हुँदा दोस्रोमा राष्ट्रिय बिमा कम्पनी संस्थापकतार्फको ५ करोड ८९ लाखको किनबेच भयो।
हिमालय डिस्टिलरी, रिलायन्स माइक्रोफाइनान्स, एनबि इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो।
ङादी ग्रुपको मूल्य ४ प्रतिशतले घट्यो।