माछापुच्छ्रे बैंक तथा तेस्रो आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम भएको छ।
माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखावाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डिडिआई ब्याङ्क्वेट पुगेर समापन भएको थियो। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतउक्त स्थानमा बृहत सरसफाई कार्यक्रम संचालन गरेको हो।
यस बैंकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ।