यो साता डलरसँगै मलेसिया, साउदी, कतार र दुबईको मुद्रा सस्तिएको छ। गत शनिबार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १०२ रुपैयाँ ९५ पैसा रहेकोमा आज १०२ रुपैयाँ २० पैसामा झरेको छ।
साउदी रियालको बिक्रीदर गत शनिबार २७ रुपैयाँ ४५ पैसा रहेकोमा आज २७ रुपैयाँ २५ पैसा कायम भएको छ। खरिददर मूल्य योभन्दा १६ पैसा कम छ।
त्यस्तै कतारी रियालको मूल्य गत शनिबारभन्दा आज २० पैसाले घटेर बिक्रीदर मूल्य २८ रुपैयाँ ७ पैसामा कायम भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार दुबईको दिराम तथा मलेसियन रिंगेटको मुद्रा पनि घटेको छ।
गत शनिबार एक दिरामको बिक्रीदर मूल्य २८ रुपैयाँ ३ पैसा रहेकोमा आज २७ रुपैयाँ ८२ पैसा तथा मलेसियन रिंगेटको २४ रुपैयाँ ४ पैसा रहेकोमा आज २३ रुपैयाँ ८९ पैसा कायम भएको छ।