एनआईसी एसिया बैंकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रममा बाजुराको सदरमुकाम मार्तडीमा शाखा संचालनमा ल्याएको छ।
युके एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा मार्तडीमा सेवा पुर्याइएको बैंकले जनाएको छ।एनआइसी एसिया मार्तडीमा शाखा संचालन गर्ने निजीतर्फको पहिलो वाणिज्य बैंक भएको छ। यसअघि जुलाई ६ तारिखमा उक्त शाखा कार्यालयको प्रारम्भिक उद्घाटन गरिएको थियो।
शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली ९ लाख ५० हजार निक्षेप संकलन गरिएको बैंकले जनाएको छ। शाखा खुलेपछि स्थानीयले खुशी व्यक्त गरेका छन्। उक्त शाखामा आइतबारसम्ममा ३२० वटा निक्षेप खाताहरुबाट एक करोड पच्पन्न लाख निक्षेप संकलन भैसकेको छ। बैंकले मार्तडी शाखाको अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्ने जनाएको छ।
सो अवसरमा अतिथि नारायणप्रसाद पौडेलले देशको एकदमै विकट जिल्लामा बैंकले शाखा पु¥याएकोमा हर्ष व्यक्त गरे। कार्यक्रममा सक्षमका नेपाल प्रमुख बलजित वोहराले नेपालको हरेक ग्रामीण क्षेत्रमा सक्षमले औपचारिक वित्तीय पहुँच पु¥याउन चाहेको उल्लेख गरे।
चुक्ता पूँजी, वासलातको आकार, ग्राहक संख्या, शाखाको संख्या र एटिएम नेटवर्कको आधारमा एनआईसी एसिया बैंक नेपालको उत्कृष्ट वाणिज्य बैंकहरु मध्येको एक हो। हाल सम्म देशकाविभिन्न स्थानहरुमा गरी यस बैंकको ११९ शाखा कार्यालयहरु, ७८ एटिएम मेसिनहरु तथा ४ वटा बिस्तारित एक्सटेन्सन काउन्टरहरु संचालनमा छन्।