नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परि निधन भएकी कमलामाई नगरपालिका–.६ सिन्धुलीकाबिमित स्व दुर्गाकुमारी खड्काको परिवारलाई १० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले सम्पन्न गरि आममानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण गर्न २४ घण्टाभित्रै भुक्तानी गरिएको बताएको छ।
बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा २४ हजार ३०४ रुपैयाँमात्र बुझाएकी कम्पनीले जानकारी दिएको छ।