नेपाल टेलिकमको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष ८८ रुपैयाँ ४७ पैसा रहेकोमा गत वर्ष प्रतिसेयर आम्दानी १२ रुपैयाँले बढेको हो।
कम्पनीले गत आर्थिक वर्ष ट्याक्स छुट्याउनुअघि खुद २० अर्ब ४६ करोड नाफा कमाएको छ। ५ अर्ब ४४ करोड ट्याक्स छुट्याउँदा कम्पनीको खुद नाफा १५ अर्ब १ करोड हुन आउँछ।
कम्पनीको जगेडा कोषको आकार ७८ अर्ब रहेको छ। कम्पनीले एक वर्षमा आफ्नो सेवाबाट ४० अर्ब आम्दानी गरेको छ भने अन्य आम्दानी ४ अर्ब बढी छ। कम्पनीको प्रतिसेयर नेट वर्थ ६२० रहेको छ।
बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सयभन्दा बढी छ। हालको बजार मूल्य र प्रतिसेयर आम्दानी अनुपात अर्थात मूल्य आम्दानी अनुपात जम्मा ७ हुन आउँछ। यसले गर्दा नगद लाभांश लिन खोज्नेलाई कम्पनीको सेयर बजारमा सूचीकृतमध्येकै उत्कृष्ट छ।