नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाको आवेदन परेको छ। अर्थमन्त्रालय वित्तीय व्यवस्थापन विभागले मंगलबारसम्म दरखास्त माग गरेकोमा १३ जनाले आवेदन दिएका छन्।
सरकारले खुल्ला प्रतिस्पर्धाबाट नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौट गर्नका लागि आवेदन माग गरेको हो।
हालै सिईओको कार्यकाल सकिएपछि अवकासमा रहेका सिताराम थपलिया, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, नागरिक लगानी कोषका व्यवस्थापक प्रमुख सुशिल अर्यालले आवेदन दिएका छन्।
त्यस्तै चन्द्रसिंह सावत, प्रमोदराज शर्मा, भोला पाण्डे, प्रविण पन्डक, सरोज टण्डन, तारानाथ भट्टराई, श्रीप्रसाद पौडेल, नरेन्द्रकुमार अग्रवाल, हेमन्त बस्याल र निरन्जन फूयाल रहेको अर्थ मन्त्रालय छनौट समितिले जनाएको छ।