२३ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुमध्ये कुमारीबाहेक सबैको नाफा बढेको छ।
सो बैंकको भने अघिल्लो आवको तुलनामा गत आवमा नाफा घटेको छ। चुक्ता पुँजी बढाउँदै गर्दा ति वाणिज्य बैंकहरु नाफा बढाउँदै प्रतिसेयर आम्दानीलाई सन्तुलनमा राख्न सफल भएका छन्। नविल, नेपाल र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३–३ अर्बभन्दा धेरै छ। अघिल्लो वर्ष कुनै पनि बैंकले ३ अर्ब नाफा पुर्याउन सकेका थिएनन्।
वित्तीय विवरण विशेषतः लगानीकर्ताका लागि ‘औजार’ हुन्। यिनै औजारका आधारमा बैंकको सबल तथा दुर्बल पक्ष लगानीकर्ताले जोख्ने गर्दछन्। भोलिको पुँजी बजारलाई डोर्याउन पनि कम्पनीका वित्तीय विवरण महत्वपूर्ण मानिन्छन्।
पाँच बैंकको अझै आएन वित्तीय विवरणएभरेष्ट, सेन्चुरी, एनसीसी र सिभिल बैंकले भने अहिलेसम्म पनि गत आवको वित्तीय विवरण सार्वजनिक गर्न सकेका छैनन्। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको पनि वित्तीय विवरण आइसकेको छैन।
समयमै वित्तीय विवरण निकाल्न नसक्नेलाई धितोपत्र बोर्डले स्पस्टिकरण सोध्ने भएको छ। बोर्डका उपनिर्देशक अम्बिकाप्रसाद गिरीले समयमै वित्तीय विवरण नबुझाउने कम्पनीहरुलाई स्पष्टिकरण सोधिने जानकारी दिए।
उनले भने ‘ऐनअनुसार सबैले आर्थिक वर्ष सकिएको एक महिनाभित्र अन्तिम त्रैमासको वित्तीय विवरण बुझाउनुपर्ने हो, नबुझाउनेलाई बोर्डले स्पष्टिकरण सोधेर जवाफको प्रकृतिअनुरुप निर्देशन वा कारबाही गर्छौँ।’
हेर्नुहोस् वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको गत आव र अघिल्लो आवको नाफा
बैंक |
गत आवको खुद नाफा |
अघिल्लो आवको नाफा |
नबिल बैंक |
३ अर्ब ६२ करोड |
२ अर्ब ८१ करोड |
नेपाल इन्भेष्टमेन्ट बैंक |
३ अर्ब १६ करोड |
२ अर्ब ५५ करोड |
नेपाल बैंक |
३ अर्ब २१ करोड |
२ अर्ब ८८ करोड |
कृषि विकास बैंक |
२ अर्ब ७७ करोड |
२ अर्ब ४६ करोड |
स्टाण्डर्ड चार्टड बैंक |
१ अर्ब ३८ करोड |
१ अर्ब २९ करोड |
ग्लोबल आइएमई बैंक |
२ अर्ब ३ करोड |
१ अर्ब ३८ करोड |
एभरेष्ट बैंक |
बाँकी |
|
नेपाल एसबिआई बैंक |
१ अर्ब ५२ करोड |
१ अर्ब ३३ करोड |
हिमालयन बैंक |
२ अर्ब १७ करोड |
१ अर्ब ९३ करोड |
सिद्धार्थ बैंक |
१ अर्ब ४२ करोड |
१ अर्ब २५ करोड |
एनआइसी एसिया बैंक |
१ अर्ब ४६ करोड |
१ अर्ब ६ करोड |
एनएमबि बैंक |
१ अर्ब ५१ करोड |
१ अर्ब ११ करोड |
सानिमा बैंक |
१ अर्ब ३० करोड |
९९ करोड ६० लाख |
सिटिजन्स बैंक |
१ अर्ब २१ करोड |
१ अर्ब ८ करोड |
नेपाल बंगलादेश बैंक |
१ अर्ब २० करोड |
१ अर्ब १९ करोड |
सनराइज बैंक |
१ अर्ब १६ करोड |
९५ करोड १३ लाख |
लक्ष्मी बैंक |
१ अर्ब २४ लाख |
६७ करोड ७१ लाख |
माछापुच्छ्रे बैंक |
१ अर्ब ३० करोड |
८९ करोड ८२ लाख |
बैंक अफ काठमाण्डु लुम्बिनी |
१ अर्ब २३ करोड |
६५ करोड ५२ लाख |
प्रभु बैंक |
१ अर्ब ७५ करोड |
१ अर्ब १४ करोड |
मेगा बैंक |
७९ करोड १४ लाख |
५५ करोड १० लाख |
कुमारी बैंक |
७० करोड ३ लाख |
७१ करोड ६ लाख |
सेन्चुरी कमर्सियल बैंक |
बाँकी |
|
प्राइम कमर्सियल बैंक |
१ अर्ब ४८ करोड |
१ अर्ब ११ करोड |
एनसीसी बैंक |
बाँकी |
|
सिभिल बैंक |
बाँकी |
|
जनता बैंक |
६४ करोड १८ लाख |
१३ करोड ३६ लाख |