सिद्घार्थ बैंकले प्युठानको जुम्रीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ७६ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी भुक्तानी सेवा मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।