नेपाल पुर्नविमा कम्पनी र आइएमई लाईफ इन्स्योरेन्स्का बिच जिवनविमाको पुर्नविमा सम्बन्धित समझदारी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । पुर्नविमा कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आइएमई लाईफइन्स्योरेस्स् कम्पनी लिमिटेड तर्फवाट महा प्रवन्धक राकेश पोखरेल हस्ताक्षर गरेका छन्।
नयाँ स्वीकृती पाएका दश जीवन वीमा कम्पनी मध्ये पुर्नविमा कम्पनीसँग जीवन विमाको पुर्नविमा गर्ने आइएमई इन्स्योरन्ेस् पहिलो कम्पनी बनेको छ।
यसरी गरिने सहकार्यबाट दुवै संस्थाको हित अभिवृद्धि हुनुका साथै आपसी सम्बन्ध समेत थप सुमधुर तथा व्यवसयिक बन्ने विश्वास लिएका छौ । कम्पनी द्घारा जारी विज्ञप्तिमा भनियको छ ।