सानिमा बैंक र एभरेष्ट इन्स्योरेन्स बिच बैंकास्युरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा बैँकका नायव प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेको सयुक्तरुपमा जारी विज्ञप्तीमा जनाइएको छ।
यस सम्झौताबाट सानिमा बैँकका सम्पूर्ण शाखा मार्फत एभरेष्ट इन्स्योरेन्स कम्पनीका निर्जिवन वीमा सेवा ग्राहकलाई उपलब्ध हुनेछ ।