पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रिया अगाडि बढेको छ। सार्वजनिक निजी–साझेदारी मोडलमा पूर्वाधार विकास बैंक स्थापना गर्ने सरकारी कार्यक्रमअनुसार उक्त बैंक स्थापनाको लागि नेपाल राष्ट्र बैंकमा आवेदन दर्ता भएको छ।
चालु वर्षको बजेटमा सरकारल आर्थिक वर्षभित्र पुर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरेको थियो। प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा. विमल कोइराला रहेका छन् भने। उनको नेतृत्वमा आज राष्ट्र बैंकमा आवेदन दर्ता भएको छ।
नेपाल सरकारको १० प्रतिशत हिस्सा हुने उक्त बैंकको चुक्ता पुँजी २० अर्व रहेको छ । ६० प्रतिशत संस्थापक र सर्व–साधारण समुहमा ४० प्रतिशत शेयर रहेका बैंकमा ५० प्रतिशत भने निजी क्षेत्रको रहने छ। हाल संस्थापक समुहमा विभिन्न बैंक तथा बिमा कम्पनीहरु लगायत उद्योगी व्यापारीहरुको संलग्नता रहेको छ । विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको छ ।
प्रस्तावित बैंकको सञ्चालक समितिमा नेपाल सरकार समेतको प्रतिनिधि सहित ७ जना सञ्चालक रहने व्यवस्था मिलाईएको छ । प्रस्तावित नेपाल इस्फ्रास्टक्«चर बैंकले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्नेे, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद«ामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।
याे पनि