सानिमा बैंक लिमिटेडले चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। आइतबार सम्पन्न साधारसभाले उक्त प्रस्ताव पारित गरेको छ।
उक्त साधारसभाले संस्थापन समूह (समूह “क”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकमा विनय कुमार श्रेष्ठ,तुक प्रसाद पौडेल, शाम्वा लामा निर्वाचित भएका छन्।
आर्थिक वर्ष २०७३÷७४ मा खुद नाफा १ अर्ब ३३ करोड बैंकको कुल सम्पत्ति ६९ अर्ब ९५ करोड, कुल निक्षेप ५७ अर्ब ७५ करोड, तथा कर्जा सापटी खुद ५१ अर्ब २६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७२÷७३ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.२३, २४.६२, २६.७६, र २५.१६ प्रतिशतले बृद्धि गरेको छ ।