सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ्ग जिल्लाको लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग, गा.वि.स. र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ ।
२०७४ साल असोज ५ देखि १० गते सम्म गरी ६ दिन संचालित उक्त कार्यक्रम वेल्ट हंगर हिल्फ लुथिरेन वल्र्ड फेड्रेशनको सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो । विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ।