चार लाख बढी नेपाली कार्यारत कतारमा सवारी चालकको रुपमा काम गर्नेहरु पनि धेरै छन्। हालै ट्राफिक नियममा कतारले कडा नियम लागू गरेको छ। नियम उल्लंघन गरेमा जरिवाना तथा काराबासको सजाय बढाइएको छ।
कतार प्रहरीले पुरानो ट्राफिक नियममा हेरफेर गर्दै नयाँ व्यवस्था लागू गरेको हो। कतार प्रहरीले जारी गरेको नयाँ व्यवस्था अनुसार रातो सिग्नलमा सवारी चलाएमा जरिवानासँगै काराबासको सजाय व्यहोर्नु पर्ने भएको छ।
रातो सिग्नलमा सवारी चलाएमा १० हजार कतारी रियाल र एक महिनाको काराबासको सजाय हुने भएको हो। यसअघि सो नियम उलंघन गर्दा ५ हजार कतारी रियाल मात्र जरिवाना बुझाउनु पर्दथ्यो।
११ वर्ष मुनिका बालबालिकालाई अगाडिको सिटमा राखेर गाडी चलाएमा २ हजार जरिवाना तिर्नुपर्ने भएको छ। यसअघि सो जरिवाना रकम ५ सय मात्र थियो। कारभित्र धुम्रपान गरेमा वा ठूलो आवाजमा संगीत सुनेमा ५ हजार जरिवाना तिर्नुपर्ने भएको छ।
यसबाहेक सवारी चालउने क्रममा फोनमा कुरा गरेमा २ हजार, एकतर्फी रुटमा गाडी चलाए ५ हजार, सिट बेल्ट नलगाएमा २ हजार, मापदण्डभन्दा तीब्र गतिमा सवारी चलाए १ हजार ६ सय कतारी रियाल जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ। यसअघि यी नियम उलंघन गर्दा क्रमश ८ सय, एक हजार र ८ सय रियाल जरिवाना बुझाउनु पर्ने हुन्थ्यो।
त्यस्तै नयाँ नियम अनुसार गतल दिशाबाट ओभरटेक गर्दा ५ हजार कतारी रियल तथा एक महिनाको काराबास सजाय भुक्तान गर्नुपर्ने भएको छ।