यस वर्षको मावन संसाधन सम्मलेन चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ। ११ औं संस्करणको यो सम्मेलन काठमाडौंको हायात होटलमा हुने आयोजक ग्रोथ सेलर्सले जानकारी दिएको छ।
जनशक्ती उत्पादन देखि तिनको व्यवस्थापनसम्मका विभिन्न आयाममा दक्ष तथा अनुभववीहरुबीच छलफल तथा बहस हुने उक्त सम्मेलनमा २५० भन्दा धेरै मानव संसाधन पेशाकर्मी सहभागी हुने आयोजक ग्रोथ सेलर्सका प्रबन्ध निर्देशक मोहन ओझाले जानकारी दिए।
सन् २००८ देखि निरन्तर हुँदै आएको सम्मेलनबाट मानव संसाधनका विषयमा नेपालमा धेरै जागरण आएको र आगामी दिनमा अझै फलदायी हुने उनको विश्वस छ।
उक्त अवसरमा देशभित्र र बाहिरका मावन संसाधन विज्ञहरुले कार्यपत्र तथा धारणा राख्ने छन्। जसमा एजेन्चरकी मानव संसाधन प्रमुख डा तनाया मिश्रा र एसियन पेन्ट्स भारतका पूर्व मानव संसाधन प्रमुख एन् एस् आइयर सम्मलेनमा सहभागी हुने ओझाले जानकारी दिए।