नेपाल प्रहरीको जनपद समूह तर्फ रिक्त १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई)का लागि भर्ना खोलेको छ।
नेपाल प्रहरीको भर्ना छनौट महाशाखाले समावेशी आधारमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को भर्ना खोलेको हो।
यसमा खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग भएको छ।
यी सबै पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले आफ्नो सूचनामा उल्लेख गरेको छ।