अनलाईनबाट व्यापार गर्ने चीनको सबैभन्दा ठूलो कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा ९ हजार बढी कर्मचारी कटौती गरेको छ।
अप्रिल देखि जुनको अवधिकार अलिबाबाले ९ हजार २ सय ४१ जनालाई हटाएको सीएनबीसीले जनाएको छ।
चीनको होङ्जाउमा रहेको अलिबाबामा २ लाख ४५ हजार कामदार कार्यरत छन्।
व्यापारघाटा तथा राजनीतिक कारणले कमर्चारी कटौती गर्नुपरेको अलिबाबाको भनाई छ।