वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारीका उप्रेती नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उप्रेतीलाई नियुक्त गरेको हो।
उप्रेती नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज हुन्।
यसअघि बोर्डको कार्यकारी निर्देशकमा राजनप्रसाद श्रेष्ठ थिए। उनको कार्यकाल सकिएपछि उप्रेतीलाई नियुक्त गरिएको हो।