वैदेशिक रोजगारका क्रममा साउदी अरब गएर अवैध रुपमा बस्दै आएका नेपाली कामदार आगामी असार १४ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने भएको छ। साउदी सरकारले आममाफी दिएको समय असार १४ गते सकिन्छ। साउदी सरकारले गत चैत १६ गतेदेखि आममाफी लागू गर्दै त्यसको ९० दिनभित्र साउदी छाड्न चेतावनी दिएको थियो।
साउदी अरवस्थित नेपाली दूतावासले अवैध रुपमा बसेका आफ्ना नागरिक स्वदेश फर्काउन अहिले बर्हिगमन भिसा दिन सुरु गरेको छ। बर्हिगमन भिसा लगाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको छ। दूतावासका अनुसार बर्हिगमन भिसाका लागि कुनै शुल्क लाग्दैन। सबै दूतावासले व्यर्होछ ।
गैर कानुनी रुपमा बसिरहे लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने दूतावासले जनाएको छ। पछि बर्हिगमन भिसा सहजै नपाइने दूतावासले प्रष्ट पारेको छ। तलव बढी अथवा कसैको आश्वासनमा परेर साउदी नबस्न पनि दूतावासले भनेको छ। आममाफीको सदुपयोग गर्न दूतावासले आफ्ना नागरिकसँग आग्रह गरेको छ।