नेपाली सेनाले रिक्त पदका लागि करिब २ हजार ६०१ कर्मचारी माग गरेको छ। सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, कुचीकार, सूचीकार, केशकर्तक, धोवी, सिकर्मी लगायत पदका लागि यो संख्यामा कर्मचारी माग गरिएको हो।
विभिन्न पदअनुसार भर्ना केन्द्रहरु जंगी अड्डा काठमाडौं, इटहरी, उदयपुर, ओखलढुंगा, पाँचथर, बारा, धनुषा, मकवानपुर, सिन्धुली, दोलखा, सर्लाही, पोखरा, बागलुङ, गोरखा, तनहुँ बुटवल, नेपालगन्ज, रोल्पा, सुर्खेत, जुम्ला तथा जाजरकोट तोकिएको छ।
इच्छुक आवेदकले कात्तिक २० गतेसम्म तोकिएका स्थानमा गई आवेदन दिन सक्ने छन्। सहायक पण्डितका लागि शैक्षिक योग्यता संस्कृत विषयमा दशम् कक्षा पास गरेको र कर्मकाण्ड गराउन सक्ने, अमल्दारका लागि एसएलसी पास तथा कम्प्युटर तालिम भएको, सैन्य र सैन्य ड्राइभरका लागि ८ कक्षा पास भएको हुनुपर्नेछ। त्यस्तै अन्य पदका लागि भने सामान्य लेखपढ भएको भए हुनेछ।