तीन सातामा सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कअनुसार असोज २९ गते फाइन सुनको मूल्य तोलामा ५६ हजार ७ सय रुपैयाँ थियो।
आज आइतबार यो मूल्य ५५ हजार ३ सय रुपैयाँमा झरेको छ। यो मूल्य अघिल्लो कारोबार भएको दिन शुक्रबारको तुलनामा भने १ सय रुपैयाँ कमी हो।
त्यस्तै तीन सातामा चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ। असोज २९ गते प्रतितोला ७७५ रुपैयाँ रहेको चाँदी आज आइतबार ७५५ मा कायम भएको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य १० रुपैयाँ कमी हो।