नमूना कलेज अफ फेसन टेक्नोलोजीले आफ्नो १७ औ संस्करणको ग्र्याजुएसन फेसन शो सम्पन्न गरेको छ।
नमूनाको 'जर्नी अफ फेसन' अन्तर्गत यसपटकको कार्यक्रममा ‘कल्पनम सत्यतात’ शीर्षकमा विद्यार्थीहरूले आफ्नो कला देखाएका थिए।
काठमाडौंको होटल सोल्टीमा आयोजित शोमा बिहीबार साँझ विभिन्न मोडलहरूले विद्यार्थीहरूले डिजाइन गरेको लगामा र्याम्प वाक गरेका थिए।
नमूना कलेजका ८३ जना विद्यार्थीहरूले तयार पारेको ९ वटा थिममा ८३ वटा फेसन शो गरिएको थियो।
कार्यक्रममा नेपालका फेसन पारखीहरुको उपस्थिति थियो।
तस्बिरहरू: