बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय तथा चाँदीको ५ रुपैयाँले बढेको हो।
महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५६ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यो मूल्य ५५ हजार ८ सय थियो।
यो ९९. ९ प्रतिशत शुद्ध सुनको मूल्य हो। ९९.५ प्रतिशत शुद्ध सुनको मूल्य योभन्दा तीन सय रुपैयाँ कम हुने गर्दछ। त्यस्तै चाँदीको मूल्य तोलामा ७६५ कायम भएको छ। अघिल्लो दिन यो मूल्य ७६० थियो।