अघिल्ला तीन दिनसम्म लगातार घटेको सुनचाँदीको मूल्य आइतबार सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन प्रतितोला ५५ हजार ४ सय रुपैयाँ रहेको फाइन सुन आइतबार ५५ हजार ५ सय पुगेको छ। यसअघि मंगलबार तोलामा ५६ हजार १ सय रुपैयाँमा फाइन सुनको कारोबार भएको थियो। स्टान्डर्ड सुनको मूल्य भने ५५ हजार २ सय रुपैयाँमा रहेको छ।
सुनको मूल्य सामान्य बढे पनि चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी आज प्रतितोला ७४० कायम भएको छ। चाँदीको यो मूल्य एक महिनायताकै सस्तो हो।