अघिल्लो दिनको तुलनामा बुधबारको सुनको भाउ तीन सय रुपैंयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार ५५ हजार प्रतितोलाका दरले कारोबार भएको फाइन सुनको मूल्य बुधबार ५५ हजार ३ सय पुगेको हो।
त्यस्तै यसै अवधिमा चाँदीको मूल्मा समेत प्रति तोला ५ रुपैंयाँले वृद्धि भएको छ। महासंघका अनुसार अघिल्लो दिन ७३० प्रति तोला रहेको चाँदीको मूल्य बुधबार ७३५ पुगेको हो।