एक महिनाको अवधिमा प्रतितोला १३ सय रुपैयाँले सुन महँगो भएको छ।
पुस १८ गते ५५ हजार ९ सय रुपैयाँ रहेकोमा आज ५७ हजार २ सय रुपैयाँ रहेको छ।
अघिल्लो दिनको तुलनामा आजको मूल्य २ सय रुपैयाँले बढी हो। त्यस्तै चाँदीको मूल्य एक महिनामा ५ रुपैयाँ मात्रै बढेको छ।
पुस १८ गते तोलाको ७५० मा कारोबार भएको चाँदी आज ७५५ कायम भएको छ। अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो।