शुक्रबार सुनको मुल्य प्रतितोला ५८ हजार रुपैयाँ पुगेको छ। यो मुल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँले बढी हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मुल्यमा भने कुनै घटबढ घटबढ भएको छैन। अघिल्लो दिन प्रतितोला ७५० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोहि कायम भएको छ।