बुधबार सुनको मूल्य प्रतितोला ५८ हजार रुपैंया पुगेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्ला ३ दिन लगभग समान रहेको सुनको भाउ आज प्रतितोला ४ सय रुपैयाँ बढेर ५८ हजार पुगेको हो।
यो फाइन सुनको मूल्य हो। यसको मूल्य स्टान्डर्ड सुनको तुलनामा ३ सय रुपैयाँले बढि हो।
मंगलबार प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ५० रुपैयाँ कायम भएको छ।