बिहिबार र शुक्रबार गरी सुन ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार प्रतितोला ३ सय रुपैयाँले घटेर ५७ हजार ७ सय रुपैयाँ पुगेको थियो।
शुक्रबार पनि ३ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले घटेर आज ७ सय ४० रुपैयाँ कायम भएको छ।