सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार पछिल्ला ५ दिनसम्म ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर ५८ हजार ४ सय रुपैयाँ प्रतितोला कारोबार भएको छ।
यो फाइन सुनको मूल्य हो। तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ७ सय ४०मा कारोबार भएको चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ७ सय ४५ मा कारोबार भएको छ।