सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बढेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
यो फाइन सुनको मूल्य हो। स्टान्डर्ड सुनको मूल्य प्रतितोला ८५ हजार ५ सय रुपैया कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ५५ रुपैयाँ कायम भएको छ।