सुनको मूल्य प्रतितोला ५९ हजार रुपेयाँ पुगेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बढेर प्रतितोला ५९ हजार कायम भएको छ।
यो फाइन सुनको मूल्य हो। स्टान्डर्ड सुन प्रतितोला ५८ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै अघिल्लो दिन प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर ७ सय ६० रुपैयाँमा कारोबार भएको छ।