बिहिबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको सुन ३ सयले बढेर ५९ हजार ३सय रुपैयाँमा कारोबार भएको छ।
यो फाइन सुनको मूल्य हो। स्टान्डर्ड सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ।
अघिल्लो दिन प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार ७ सय ८० पुगेको हो।