शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार सयले घटेर प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
यो फाइन सुनको मूल्य हो। स्टान्डर्ड सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै अघिल्लो दिन प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार पनि सोहि कायम भएको छ।