मेरिगोल्ड ज्वेलर्सले दरबारमार्गमा शोरुम खोलेको छ।
मेरिगोल्डको दरबारमार्गमा रहेको नयाँ शोरुम बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपुरले एक कार्यक्रमका बीच उदघाटन गरिन्। नेपाली गहनाहरुको प्रबद्र्धन गर्न अभिनेत्री कपुरको आगमनले सहयोग पुग्ने मेरिगोल्ड ज्वेलर्सको विश्वास छ।
हाल चौथो पुस्तामा हस्तान्तरण भएको मेरिगोल्ड नेपालको सबैभन्दा पुरानो गहना पसलको रुपमा परिचित छ। श्रेष्ठ परिवारद्वारा संचालित गहना पसल इन्द्रचोकबाट सुरुआत भएको थियो।
पछि मखनमा सुनचाँदी जवाहरात पसलपछि नयाँ नाम मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको रुपमा संचालनमा आएको हो। सो अवसरमा मेरिगोल्ड ज्वेलर्स ब्राण्ड २० वर्षभन्दा बढी समयदेखि संचालनमा रहँदै आएको जानकारी दिइयो।
कम्पनीले नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी समिश्रण भएका फ्यूजन डिजाइनका गहनाहरु निर्माण तथा बिक्री गर्दै आएको छ।
यस मेरिगोल्ड ज्वेलर्समा सुन, चाँदी, डाइमण्डयुक्त विभिन्न डिजाइनका गहनाहरु तथा विभिन्न किसिमका रत्नहरु बिक्रीका लागि उपलब्ध रहेका छन्।