प्रतितोला सुनको मूल्य ५९ हजार नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ।
यो फाइन गुणस्तरको मूल्य हो। अघिल्लो दिन यो ५९ हजार थियो। यसअघि बैशाख ३० गते सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन वर्षकै उच्च हो।
स्टान्डर्ड सुनको मूल्य फाइन गुणस्तरकोभन्दा प्रतितोला तीन सय रुपैयाँ सस्तो पर्दछ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७८० कायम भएको छ।