बिहीबार बजारमा प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ कम हो। अघिल्लो दिन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
केही दिनयता सुनको मूल्य घटेको छ। यसअघि गत शुक्रबार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज स्थिर छ। यस दिन तोलामा ७६५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ। यसअघि गत शुक्रबार चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भएको थियो।