सुनको मूल्य आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेको छ।
केही दिनदेखि ओरालो लाग्दै आएको सुनको मूल्य यस दिन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो दिन शुक्रबार प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
विगत ९ दिनमा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ। यसअघि जेठ ११ गते ५९ हजार २ सय रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि झरेको छ। यस दिन प्रतितोला ७६० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ। अघिल्लो दिन ७६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।