दुई दिनदेखि सुनको मूल्य उकालो लागेको छ।
मंगलबार प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ५८ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार ५८ हजार १ सय तथा बिहीबार ५८ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ७६५, बिहीबार ७७० रुपैयाँमा कारोबार भएकोमा आज ७७५ रुपैयाँ पुगेको छ।