असारको पहिलो दिन सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। अघिल्लो दिन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार यो मूल्य जेठ ११ गतेयताकै महँगो हो। सो दिन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सो मूल्य एक वर्षकै महँगो हो।
चाँदीको मूल्य शुक्रबार एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार प्रतितोला ८ सयमा चाँदीको कारोबार भइरहेको छ। यो एक वर्षकै उच्च मूल्य हो। ठीक एक वर्षअघि प्रतितोला ८ सय ५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।