विगत एक सातामा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले सस्तिएको छ।
त शुक्रबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ५७ हजार ७ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिनभन्दा यो मूल्य तीन सय रुपैयाँ कम हो। बुधबार ५८ हजार रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ।
त्यस्तै चाँदी एक सातामा प्रतितोला ३५ रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ७६५ कायम भएको छ। अघिल्लो दिन बुधबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।